+

चन्द्र न्यौपानेले पाए यती बैंकको यति साहित्य पुरस्कार

Yeti-bank१० साउन, काठमाडौं । यती डेभलपमेन्ट बैंकले नेपाली साहित्यमा योगदान पुर्‍याउने साहित्यकारहरुलाई प्रोत्साहन सुरु गरेको ताम्रपत्र सहितको १५ हजार १ रुपैयाँ राशीको यति साहित्य पुरस्कार चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गरेको छ ।

मातृभूमि साहित्य समाजको सहकार्यमा शनिवार सिन्धुपाल्चोकका साहित्यकार न्यौपानेलाई बैंकका संचालक अरुणराज सुमार्गी तथा गजलकार युसुफदिन मिया “पाल्पाली” ले सो पुरस्करा संयुक्तरुपमा हस्तान्तरण गरे ।

भाषा साहित्यको क्षेत्रमा यथासम्भव योगदान पुर्‍याउने उद्देश्यले तत्कालीन यती फाइनान्सले २०५९ सालमा “यती साहित्य पुरस्कार” को स्थापना गरेको थियो । २०७० सालमा मनकामना बिकास बैंक, यती फाइनान्स र भ्याली फाइनान्स बीच मर्ज भई बनेको यती डेभलपमेन्ट बैंकले पनी उक्त साहित्यीक पुरस्कारलाई निरन्तरता दिंदै आईरहेको छ ।

नाफामुखी मात्र नभई बिभिन्न सामाजिक सेवाका कार्यहरुमा सहभागी हुंदै आईरहेको यती बैंकले भविष्यमा पनि यस्ता विभिन्न सामाजिक कार्यहरुलाई विषेश प्राथमिकता दिने संचालक सुमार्गीले बताए ।

React to this post

Hot Topics

Conversation

New Old Popular