१० असार, काठमाडौं । भूकम्पपछिको नेपालको पुनर्निर्माण, पुनःस्थापना र नवर्निर्माणमा सघाउन चीनले ७६ अर्ब २० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
चीनले पूर्वाधार विकासका ५ क्षेत्रमा केन्द्रित सहायता कार्यक्रम कार्यान्वयनका लागि ७५ अर्ब २० करोड तथा पुनर्निर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन १ अर्ब गरी जम्मा ७६ अर्ब २० करोड रुपैयाँ सहयोग घोषणा गरेको हो ।
राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन’ को उदघाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले सहयोग रकम घोषणा गरेका हुन् । उनले सो सहयोग रकम आगामी सन् २०१८ सम्मका लागि भएको बताए ।
चिनियाँ विदेशमन्त्री वाङले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको पनि बताए ।