३१ साउन, काठमाडौं । सेयर बजारले ७ वर्षअघिको रेकर्ड पछ्याएको छ । आइतबार ११ अंकले बढेर नेप्से सूचक ११२ अंकमा पुगेको छ भने ९९ करोड रुपैयाँ बराबरको सयर किनबेच भएका छन् ।
०६५ भदौ १५ गते नेप्से सूचक हालसम्मकै उच्च अर्थात ११सय ७५ अंकमा पुगेको थियो । यो वृद्धि जारी रहे यसअघिको रेकर्ड तोड्ने विश्लेषण गरिएको छ । मौदि्रक नीतिले उछालेको पुँजी बजार अब संविधानले पनि उछाल्ने भएकाले सात वर्षपछि रेकर्ड तोड्ने देखिन्छ ।
सूचीकृत कम्पनीहरुले नाफा कमाएको वित्तीय विवरण धमाधम सार्वजानिक गरेपछि त्यसको प्रभाव नेप्से सूचकमा पनि परेको हो ।
बैंकिङ सुचक ३३ अंकले बढेको छ । विकास बैंक ९.५६ अंक, फाइनान्स १२१ र बिमा १.४९ अंकले घटेको छ । यो दिन ९९ करोड रूपैयाँ राबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।