+

अखण्ड मध्यपश्चिमको आन्दोलन हिंसात्मक, प्रहरीको गोली लागेर तीनको मृत्यु

Surkhet-aandolan

२५ साउन, सुर्खेत । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।

अखण्ड मध्यपश्चिमको माग गर्दै आहृवान गरिएको बन्द हिंसात्मक भएपछि सुर्खेत तनावग्रस्त छ । आन्दोलनकारीहरुले राजनीतिक दल, नेता र सरकारी कार्यालयमा तोडफोड तथा अगजनी गर्न थालेपछि तनाव सुरु भएको थियो ।

स्थानीय प्रशासनले दिउँसो १ बजेबाट कर्फ्यू लगाएपछि झडपका घटना रोकिएको छैन । हातमा लाठी लिएका तोडफोडमा उत्रिएका प्रदर्शनकारीहरुले कांग्रेस र एमाओवादीको पार्टी कार्यालयका साथै कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको गोठमा आगजनी गरेका छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय र एमाले कार्यालयमा पनि तोडफोड गरेका छन् । शान्तिपूर्ण आन्दोलन एकाएक अनियन्त्रित र हिंसात्मक भएपछि घुसपेठ भएको स्थानीय प्रशासन र दलहरुको निष्कर्ष छ ।

प्रदर्शन हिंसात्मक भएपछि धमला चोकमा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानका टिकाराम गौतमको मृत्यु भएको नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कन्चन भारतीले जानकारी दिए ।

अन्य दुई मृतकको सनाखत हुन सकेको छैन । मृतकहरुको शव जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रहरीको गोली लागेर पत्रकार आईसीं रोकाय लगायतका घाइते भएका छन् । समाचार संकलन गर्न गएका रोकायको खुट्टामा गोली लागेको छ । उनी बुलबुले एफएममा कार्यरत छन् । रोकाय लगायतका घाइतेहरुलाई नेपालगन्जमा रिफर गरिएको महासंघ अध्यक्ष भारतीले बताए ।

React to this post

Hot Topics

Conversation

New Old Popular