१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आज देशबासीलाई सम्बोधन गर्दैछन् । इण्डोनसिया भ्रमणबाट फर्किए लगतै उनले सिंहदरवार पुगेर देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
अहिले विपत व्यवस्थापन समितिको बैठक बसिरहेको छ । शनिबार मध्यन्ह गएको विनाशकारी भूकम्पका कारण १८ सय बढीको मृत्यु भइसकेको छ ।