२५ असार, काठमाडौं । सन् २०१३ मा बमुर्डामा सम्पन्न आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गरेको थियो ।
त्यसखेलमा उसका ओपनर तथा विकेट किपर स्टेभन टेलरले नेपालका बलरहरुलाई गज्जबले चुटेका थिए । उनले नेपालबिरुद्ध करिअरकै बेस्ट १६२ रन बनाए ।
उनले त्यसबेला केबल ६१ बलमा शतक पुरा गरेका थिए । तर, अमेरिकाका ओपनर तथा विकेटकिपर स्टिभन टेलर अमेरिकाको विश्वकप छनौटको टिमबाट भने बाहिरिएका छन् ।
क्यारेबियन पि्रमियर लिगको टिम बारबाडोसँगको सम्झौतापछि उनले टी-२० विश्वकप छनोट नखेल्न भनेर अमेरिकाको क्रिकेट एसोसियसनलाई जानकारी गराएका थिए ।
टेलर नेखल्ने भएपछि अमेरीकाको टिमलाई ठुलो धक्का लागेको छ । उनी अमेरिकी टिमका सबैभन्दा अनुभवी खेलाडि थिए । ३४ टी-२० म्याचमा १०७३ रन बनाएका उनी लिडिङ रन स्कोरर समेत हुन् ।
सन् २०१० मा १६ बर्षकै उमेरमा सिनियर टिममा डेब्यू गरेका उनी २०१२ देखि टिमका नियमित सदस्य थिए ।